अभिनेत्री लोधविरुद्ध १ करोड क्षतिपूर्तिको मागसहित मानहानिको मुद्दा दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अभिनेत्री लोधविरुद्ध १ करोड क्षतिपूर्तिको मागसहित मानहानिको मुद्दा दर्ता


१२ कार्तिक २०७७, बुधबार


मुम्बई । चलचित्र निर्माता महेश भट्ट र मुकेश भट्टले बम्बे उच्च अदालतमा सोमबार अभिनेत्री लभिना लोधविरुद्ध १ करोड क्षतिपूर्तिको मागसहित मानहानिको मुद्दा दर्ता गराएका छन् । अभिनेत्रीले ‘मानहानि, निन्दनीय र झुटो आरोप’ लगाएको भन्दै भविष्यमा यस्ता झुटा आरोप लगाउन प्रतिबन्ध गर्न आदेश दिन आग्रह पनि गरेका छन् ।

सोमबार तुरुन्त सुनुवाइका लागि उठाइएको उक्त निवेदनमा लोधलाई जवाफ दिन भनिएको थियो । अर्को सुनुवाइ तीन सातासम्मका लागि स्थगित गरिएको छ ।

गत साता अभिनेत्रीले महेश र मुकेश भट्टले मानिसहरुको जीवन बर्बाद गरेको भन्दै ‘बलिउड उद्योगका ठूला डनहरु’ भन्दै सामाजिक सन्जालमा एक भिडियो पोस्ट गरेकी थिइन् ।

यस्तै उनले भट्टको भतिजा सुमित सभरवालसँग वैवाहिक बन्धनमा बाँधिएको पनि दाबी गरिन् । उनले सभरवालविरुद्ध महिला र लागुऔषधको व्यापार गर्ने आरोप लगाउँदै सोही कारण उससँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको पनि इन् ।

भट्ट दाजुभाइले भने निवेदनमा सुमित सभरवालको प्रत्यक्ष रुपमा भट्ट परिवारसँग सम्बन्ध नभएको र उनी निवेदककी बहिनीको श्रीमानको भाइ भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस