चीनले अमेरिकालाई दियो कडा चेतावनी : चीन–भारत सीमा विवादमा हस्तक्षेप नगर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनले अमेरिकालाई दियो कडा चेतावनी : चीन–भारत सीमा विवादमा हस्तक्षेप नगर


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ। चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ । भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै चीनले उक्त चेतावनी दिएको हो ।

दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको अमेरिकालाई चेतावनी दिएको हो ।

‘अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन् । यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ हो’ दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ ’दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ ।

दूतावासले भारत र चीन बीचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गर्दै भनेको छ, ‘दूतावासले अगाडि भनेको छ, ‘भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता छ । तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन ।’

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री पम्पियोले भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस