२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा विद्युत विस्तार हुँदै

अ+ अ-

डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ ।

जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ । यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन् । दशैँको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन् । पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिए।

विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताए ।

नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय लाईन प्राधिकरण र आदर्श गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए । उनले भने, ‘बिजुलीले त्यहाँका नागरिकले उज्यालो पाएका छन् ।’ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा विद्युत विस्तारका लागि बजेट विनियोजन गरिएपछि अहिले विद्युत विस्तारको काम अघि बढेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाइएर सोही अनुसार पत्राचार गरेकाले काम अघि बढाईरहेको डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस