चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक : नासा (भिडियोसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक : नासा (भिडियोसहित)


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ । नासाले चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक गरेको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार पहिलो पटक उक्त तथ्य सार्वजनिक भएको हो ।

स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो)ले चन्द्रमाको दक्षिण ध्रुवमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलो मध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको नासाले उल्लेख गरेको छ ।

नासका अनुसार यस अघि चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप मात्र पाइएको थियो । तर, त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी (ओएच)हो भन्नेमा छुट्याउन सकिएको थिएन ।

उक्त क्षेत्रबाट प्राप्त तथ्याङ्कले चन्द्रमाको सतहमा फैलिएको एक घनमिटर माटोमा एउटा १२ औैँसको बोतल बराबरको पानी रहेको देखाएको नासाले जनाएको छ । उक्त तथ्य नेचर एस्ट्रोनोमीको पछिल्लो अङ्कमा उल्लेख छ । नासा

उक्त अनुसन्धानले पानी चन्द्रमाको पूरै सतहमा भन्ने संकेत गरेको छ ।

भिडियो नासा :

Tags :
प्रतिक्रिया दिनुहोस