कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण


११ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । कलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको सोमबार पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘बिहीबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गाह्रो हुने खालका सिमटम्स छैनन् तर पनि आफू र अरूको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्त वासमा रहेको जानकारी गराउन चाहन्छु ।’

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन् । उनले आफू जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन् ।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा लेखेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईँहरूको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस