सुनसान ठमेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनसान ठमेल


८ कार्तिक २०७७, शनिबार


काठमाडौँ । पर्यटकले भरिभराउ रहने ठमेल यति बेला सुनसान छ । स्वदेशी मात्रै होइन, विदेशी पर्यटकहरूको भिडभाडले बेग्लै रौनकता छाउने राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा मुस्किलले एक आध मानिसहरू मात्रै भेटिन्छन् । अधिकांश पसलहरू बन्द छन् ।

फाट्टफुट्ट खोलिएका पशलहरुमासमेत ग्राहक नआएपछि पसलेहरू दिक्दार छन् । विश्वव्यापी कोरोना कहरले नेपालको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुगेको छ । ग्राहक नआएपछि पसल मात्रै खोलेर पनि के गर्नू, भाडा नै तिर्न नसक्ने अवस्था आएपछि अधिकांश सटरहरूमा टुलेट लेखिएको छ ।

दैनिक ज्यालामजदूरी गरी खाने वर्ग अझ नराम्ररी मारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस