स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस् : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस् : मुख्यमन्त्री भट्ट


८ कार्तिक २०७७, शनिबार


डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दसैँ मनाउन आग्रह गरेका छन् । उनले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दसैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका हुन् ।

दसैँका नाममा जताततै भिड गर्ने, हुल बाँधेर रमाइलो गर्नेजस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले भने, “स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइनेछ ।”

उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिएका छन् । मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस