बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो : भुसाल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो : भुसाल


८ कार्तिक २०७७, शनिबार


सिद्धार्थनगर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मान्छेले बाँचुञ्जेल जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताएका छन् ।

भैरहवामा दशकौँदेखि चिकित्सा सेवा दिँदै आएका डा. निशाकिरण बस्यालको निधनको आठौँ दिन नेकपा रुपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य भुसालले डा. बस्यालले आफ्नो जीवनकालमा दुःखी गरीबका सेवामा दिएको समय स्मरणीय रहने बताए ।

उनी र उनका श्रीमान् डा. रामप्रसाद बस्यालले रुपन्देहीका दुःखी गरीबको उपचारमा पुर्याएको योगदान अतुलनीय रहेको र त्यसको राज्यले कदर गरिरहने उनले स्पष्ट गरे । मन्त्री भुसाल शुक्रवार काठमाडौँबाट भैरहवा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस