‘सपना खोसिएको मान्छे’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सपना खोसिएको मान्छे’


८ कार्तिक २०७७, शनिबार


दिनभरिको थकान कामको चाप अनि साझको खाना खाइसकेपछि म विस्तरामा आराम गर्दै गर्दा मेरो मनमा अनेकौँ कुराहरु खेलिरहेका थिए । कुनबेला मेरो निन्द्रा परेछ पत्तै पाइन अनि म कसैले नदेख्ने अँध्यारो संसारमा पुगेछु त्यहाँ एक अदृश्य सोप्नछाँयासँग केही मनमा लागेका कुराहरु एकोहोरो उसलाई केही बोल्ने मौका नै नदिई ओकल्न थालेछु र भन्न थालेछु, ‘यो संसार जगतमा सबैभन्दा सर्वश्रेष्ठ कहलिएको जिवित प्राणी मानिसको जन्म, मृत्युहरु टारेर नटर्ने, छेकेर नछेकिने मिठा तथा तिता सत्य हुन् । सडक पेटीमा आफ्नो मृत्युको दिन गन्ती गरेर बस्ने मानसपटल विग्रीएका व्यक्ति र सुनको थालीमा भोजन गर्ने अनि सुनकै महलमा मोज मस्ती गरी आफ्नो जीवनकाल व्यतीत गर्ने पनि यहीँ ब्रह्माण्डमा रहेको गोलाकार पिण्डमा बस्ने मानिस नै हुन् । यो हुनु पनि त्यहीँ मानिसहरुले बनाएको प्रणाली, विधि, संस्कार र व्यवस्थाहरु हुन् । ढुङ्गे यूगमा मानिसहरुका आजकलका जस्ता शुख, सहेल र शानदार जिवनशैली सायदै थिएन होला तथापी खाने र बस्ने जिवनशैली त एउटै हुँदो हो ।

आजको यूगमा कास.. मानिस जात भन्ने जिवित प्राणीको जीवनशैली पनि सबैको एउटै स्वतन्त्र हुँदो हो त कम्तीमा पनि १० वर्ष आफ्नो आयु भन्दा बढी बाँच्दो हो । कहिलेकाहीँ लाग्छ आफ्नो मेहनतले पाएका सब भौतिक तथा अभौतिक वस्तुहरु छोडी सादा जीवन कुनै जोगीको भेषमा नदीछेउ जंगलमा कुटी बनाई बाँकी जीवनलाई प्रकृतिमा छोडी वातावरणीय पारिस्थिक प्रणालीलाई सन्तुलन गरुँ । तर फेरी सोच्छु मेरो श्रममा आश्रित मेरो मुटुमा बसेका जीवित प्राणीहरुलाई किन दुःख दिउँ ः किन सताउँ ? तर पनि भित्री मनले भन्छ ‘यो संसारमा मानिस जति दरिद्र र स्वार्थी कोही छैनन् ।’ यहाँ मानिसले सानो कागजको टुक्राका निम्ती प्रकृतिले दिएको भौतिक शरिरलाई दाउरा र वनमा डढेलो लागेझैँ जिउदैँ जलाउँछन् । तीमीले सबै संसार छोडेर प्रकृतिको काखमा गयौ भने मात्र यो स्वार्थी संसारबाट मुक्ती पाउने छौ ।

‘तर त्यसो पनि म गर्न सक्दिन किन कि आफूले जन्म दिएको सन्तान र यो संसार देखाउने भगवानहरुले के सोच्लान के भन्लान ? गाउँघरको चोक–चोकमा बसेर गफिने अदृश्य स्वार्थ बोकेका भद्र भलाद्मी मानिसहरुले भन्नेछन् –‘यो लोकमा मानिसले बनाएको प्रणाली, विधि र व्यवस्थाहरुसँग जुधन नसकेर पागल भयो अनि जंगल पस्यो’

उनीहरुले भगवानरुपी जन्मदिने कर्मदिने आदरणीय मेरो मन मुटुमा बसेका मेरा प्याराहरुलाई विझाउने शब्द बोलिदेलान् त्यसैले यो सहीबाटो हुन सक्दैन ।

त्यसो हो भने अब म यो स्वार्थी दुनियासँग आफू बाँच्नलाई कसरी प्रतिनिधित्व गरुँ ? के म फेरी ढुङ्गेयूगको अवस्थामा फिर्ता भई आफ्नो बाँकी जीवन त्यहीँ प्रकृतिको काखमा सत्याग्रह गराउन सफल हुन्छु होला त ? प्रश्न गम्भीर छ । यो बदलिँदो संसार, बदलिँदो विकास त्यसमाथि प्रविधिको यूग सायद सबै मानिसहरु यो प्रविधिमय युगसँग खुसी पनि छैनन् किन भने यो बदलिँदो प्रविधिले कतिपय मानिसहरुलाई घरबार बिहीन बनाएको छ । उनीहरुको जीवनशैली, गोपनीयता, पारिवारिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक लगायत विविध पक्षहरु व्यक्तिका एक पछि अर्को आवश्यकताहरुमा सिधै चोर औँला उठाएको छ ।

समाजमा यूग बदिलियो, प्रणाली बदलियो तर मानिसको सोच र सिद्धान्त बदलिएन । मानिसलाई आफ्नो जीवनकाल खण्डमा एकपटक मात्र यो संसार देख्ने अनि यो प्यारो फुलबारीमा रमाउने अधिकार प्रकृतिले नै दिएर पठाएको वा प्रकृतिले नै यही परिवेशमा उनीहरुको भौतिक शरीरको बनावट निर्धारण गरेको हुन्छ ।

मानिसलाई दिइएको वा प्रकृतिद्वारा बनाइएको भौतिक वस्तुका निम्ती मानिसले ‘यो मेरो हो मेरो शरिर हो’ भनी धक्कु किन लगाउँछ होला ? प्रकृतिले चाह्यो भने हाम्रो अस्तित्व सकिन्छ सबैलाई थाहा छ । प्रकृतिले चाहेर आफ्नो काख लिसकेका हाम्रा आफन्त मान्छेहरु हामीले गुमाउँदा हामी भन्छौ ‘मेरो प्यारो मान्छे हामीलाई छोडेर गयो’ अनि सुरु हुन्छ रोई कराई ।

ऐ बाबा प्रकृतिले चाह्यो पठायो प्रकृतिले नै चाह्यो लग्यो । हामी त केबल यहाँ यो सुन्दर फुलबारीलाई हराभरा बनाउन यसको ख्याल गर्न अनि स्याहार सुसार गर्न नोकर बनेर पो आएका हौँ त । अनि गरिन्छ यहाँ मानिस र मानिसबीच स्वार्थ, रिस अनि डाहा ।

अब यसको स्थायी समाधान के होला ? समाज यति सम्म नकारत्मक भइसक्यो की आफ्नै परिवारका व्यक्तिहरुले परिवार भित्रकै घरको सदस्यले अर्को परिवारको व्यक्तिले भनेको कुरा वा गरेका स्वार्थी कुराहरुमा विश्वास गर्न थाले ।

म यसो विचार गर्छु, यो संसारमा अब आफ्ना–आफ्नाबीच काटमार हुनेछ । यहाँ हजारौँ मानिसहरु आफन्तहरुबाटै काटिनेछन्, यहाँ कुनै पनि मानवीय संवेदना हुने छैन । पुराणहरुमा लेखिएको शब्द ‘कलियुग’ को वास्तविक प्रभाव पर्दै छ । सबै मानिसहरु सकिनेछन् । कोही पनि बाँकी रहने छैनन् केबल बाँच्नेछन् धेरै चोट सहेर । बाँचेका जीवन नभएका भौतिक वस्तुहरुमात्र, प्रकृतिले सबैलाई उनीहरुको जिन्दगीबाट एक–एक गरी तान्ने छ । एकदिन त्यो बखत हामीबीच कुनै पनि सोच्ने समय सम्म हुने छैन ।

सायद स्वार्थले भरिएको मानिसले आफ्नो अन्तिम श्वास लिँदाका बखत सम्म पनि भन्दो हो ?‘हे भगवान मलाई बचाउ म अब कसैको पनि कुभलो सोच्ने छैन’ यसको उत्तर त यो ब्रह्माण्डमा स्वर्ग हुन्छ रे ! त्यहीँ गएपछि सोधौँला र उत्तर पत्ता लगाउँला । तर वास्तविक कुरा केहो ? भने यो संसार जितेर यस पृथ्वी लोकमा जन्म लिने कुनै पनि जीव तथा मानिसहरुलाई यो सुन्दररुपी प्रकृतिले पठाएको पनि पुरै नाङ्गै हुन्छ र लैजान्छ पनि नाङ्गै ।

त्यो स्वार्थीले भरिएको मानिसले मृत्यूवरण गरिसकेपछि मुर्दा भई पूर्णरुपमा एक निर्जिव भौतिक वस्तु माटोमा विलिन हुँदाका बखत दाहसंस्कार गर्ने दाउरा र माटो कति खुसी हुँदो हो । अनि भन्दो हो ‘दुनियाँले छुन र हल्लाउन नसकेको मानवलाई १० मिनेट मै मैले ध्वस्त पारिदिए’

अब भन्नुहोस् हामी कसका लागि स्वार्थी र दानवरुप प्रर्दशन गर्दछौँ ? जावो माटो र सुकेको काठसँग पनि प्रतिकार गर्न सक्ने क्षमता छैन । यो भौतिक शरिरलाई कागजको टुक्रा (पैसा) ले किनेर हाम्रो पुरै जीवन हामी फेरी उल्टो गराउन सफल हुन्छौँ होला त ? यदि त्यसो हुँदो हो त म १०० वर्ष पुगेर फेरी १० वर्षमा आउँथे अनि आफ्नो जीवनकालमा त्यहीँ कागजको बिटो बटुली रहन्थेँ । कति आनन्द आउँथ्यो होला । तर यो संसार उल्टने छ । तर तितो सत्य के हो भने तपार्इँको जीवन उल्टिने छैन ।

हामीलाई प्रकृतिले भौतिक शरिर बनाइदिएको छ यसलाई हामी कुन् तरिकाले प्रयोग गर्छौँ भन्ने न हो एक दिन प्रकृतिमा विलिन हुनु नै छ माटोमा मिल्नु नै छ । खरानी भई उडनु नै छ । हाम्रो यो भौतिक निर्जीव शरिरलाई किरा फट्याङ्ग्राले खाने नै छन् ।

यहाँ प्रकृतिले हामीलाई आफ्नो सुन्दर फुलबारीमा केही दिनका लागि चर्न पठाएको छ । एकदिन उसकै चरणमा हस्याङ फस्याङ्ग गर्दै पुग्नु नै छ । कोही ढिलो पुग्ला कोही छिटो पुग्ला जो कोही यो सुन्दर बगैँचाबाट फर्कीनु नै छ यहीँ सत्य हो । त्यसैले यो प्राकृतिक सुन्दर बगैँचामा कसैको कुभलो सोची सिङ लडाउने काम नगरौँ । हत्या, हिंसा, बलात्कार, स्वार्थ लगायतका सबै समाजमा नटिक्ने र नविक्ने कार्यहरु छोडौँ । प्रकृतिसँग रमाउ अखिर जीवन के हो ?

आफ्नो जीवनकालमा मैले के गरे भनेर इतिहासले हेर्नेछ । आफ्ना नव सन्तानहरुले हेर्नेछन् । हामी जिवीत जातका सर्वश्रेष्ठ प्राणी हौँ । यो एक जुनीमा श्रृष्ठिको रखवाला गर्न प्रकृतिले करोडौंलाई आ–आफ्नो जिम्मा दिएर पठाएको छ । एक सानो शुष्म जीवदेखि पृथ्वी लोकमा सबैभन्दा ठुलो कहलिएको हात्तिसम्मको यो धर्तिमा आफ्नै महत्व रहेको छ । यसको काम नहुँदो हो त श्रृष्टीले, प्रकृतिले किन बनाउाथ्यो होला ?

जति हामीलाई यो प्रकृतिले अधिकार दिएको छ, त्यति अधिकार उनीहरुको पनि छ । जति भने पनि जे गरे पनि यो जगतमा मानिसको आवश्यकता भनेको साझ बिहान एक–एक गास न हो धन सम्पत्ति जे जति भए पनि कसैले हिरा, मोती, सुन, चाँदी र कागजको बिटोले आफ्नो पेट भर्दैन ।

कुनै सुनसान ठाउँमा आफ्नो स्मरण शक्ती गुमाएर विरक्तिएर हिँडेको ब्याक्ती भोकै बसेको हुँदैन, यहाँ सबैले परिश्रम मात्र गरेर खानु भनी प्रकृतिले १०८ बुँदे नोटिस जारी गरेर पठाएको हुन्छ । त्यो नोटिस यस संसारमा जीवन रहेका सबै प्राणीहरुलाई मान्य हुने गरी बानाएको छ । नत्र करोडौ जीव त्यसै मर्थे होला ।

प्रकृति रिसाएको छ यहाँ हामी आफ्नाले आफ्नैलाई मार्ने दुःख दिने हत्या, हिंसा अर्काको बारेमा गलत टिका टिप्पणी गर्ने, मानिसले मानिसलाई नै खत्तम गर्ने, हातहतियार निर्माण गर्ने नगरौँ । एक दिन जानु छँदै छ । त्यही प्रकृतिको काखमा सबैलाई एकै खालको नियम १०८ बुँदेले लैजाने छ ।

दुई दिनको जीवनकालमा यो हामी चरी चरण गर्ने फुलबारीको सही सदुपयोग गरौँ, प्रकृतिलाई जिस्काउने काम नगरौँ । हामीलाई सखाप पार्न ५ मिनेट पनि लाउने छैन प्रकृतिले । त्यसैले यसको पालना गरौँ । हत्या हिंसा उसले आफैँ जानेको छ । हामी आफूले आफ्नाको विश्वास गरौँ । व्रह्माण्डमा मानिसको अत्याधिक चाप भई सकेको अवस्थामा त्यो चापलाई नियन्त्रण गरी प्यरो फुलबारीमा प्रकृतिले दिएका लाला बालाहरुलाई खेल्ने वातावरण बनाउ ।

रिस, डाहा र क्रोध छोडौँ । यो पृथ्वी जगतमा सर्वश्रेष्ठ कहलिएको मानिस लगायत सबै प्राणीहरुको जीवन रक्षाको लागि प्रकृति तयार छ । यसलाई गिज्याउने वातावरणको सिर्जना नगरौँ । समय आएका बखत यो संसारको कुनै शक्तिले यो बदलिँदो प्रविधिको यूगले समेत हामीलाई बचाउन सक्ने छैन ।

आफ्नो जीवनकालमा हाँसौँ । बोलौँ । अनि रमाऔँ । वर्तमानमा सबैको भलो सोचौँ आफ्नाले बोलेको बचन खेर नफालौँ । त्यसको सदुपयोग गरौँ । अर्काको भर नपरौँ । आफ्नो बाचुन्जेलसम्मको जिन्दगी शुखमय बनाऔँ । अनि मात्र यो संसार जगत खुशी हुनेछ र हाम्रो रक्षा गर्नेछ ।

यहाँ सर्वोच्च नियम जसले हामीलाई जन्माएर ल्याउने देखि कर्म र विलिन भई जाने नियम बनाएको त छ दै छ नि । यससँग बाझिने मानवीय नियम नबनाऔं, मान्छेलाई विलिन गर्ने र जन्माउनका निम्ती नियम बनाउन जरुरी छैन । यो संस्कार र नियम सबैका लागि प्रकृतिले बनएकै छ हामी सबैले सबैको भलो सच्यौ भने मानविय कानून, ऐन, नियम को आवश्यक पर्ने छैन हामी त्यही १०८ बुँदे नियमले सजिलै बाच्न सक्ने छौँ । यस धर्तिमा आफ्नै कानून नभएका देश पनि होलान र छन पनि । जहाँ मानिसलाई मानिसकै लागि बनाईएको सर्वोच्च कानून छैन त्यहाँ मात्र विश्वास गरिन्छ केवल प्राकृतिक कानूनलाई जुन जन्मनु र मर्नु हो त्यस पश्चात गरिने कर्म र परिश्रम त छँदै छ ।

मानिसले बनाएको नियममा बाँधिनु एउटा मस्तिष्कलाई संतुलन गर्न मानिसको ब्यवहार संतुलन गर्न बनाइएको माध्याम हो जति जे गरेर जस्तो नियम बनाएपनि साँझ २ गास लागि मानिसले दुःख गर्ने न हो । त्यसैले कुनै ब्यक्तीलाई तपार्इँको कारणले उसको व्यक्तिगत संसारमा अघात पुग्ने, ठेस पुग्ने कृयाकलाप नगर्नुहोस् । उसले समाजमा आफ्नो ठाउँमा धेरै जिवित आत्माहरुई आश्रय दिइरहेको हुन्छ ।

यदि कसैले समाजमा नकरात्मक सोच राख्छ अरुको कुभलो सोच्छ भने उसलाई शिथिल परेर सम्झाउनुहोस सिकाउनुहोस र यी प्रश्न गर्नुहोस् ( ‘तीमी के का लागि यसो गर्दैछौ ? तिमी यो प्रकृतिले दिएको साझा फुलबारीमा अरुको कुभलो नगरी बाच्नै नसक्ने भएका हौ ? तिमी के का लागि दुःख गर्छौ ? कुन चिजले तिमिलाई यस्तो सोच्न बाध्य बनायो ? तिमी खुसी हुन मैले के गर्नु पर्छ ? तिमीलाई साँझ २ गास लागि अर्काको कुभलो सोच्ने कामका लागि कस्ले प्रेरित गरेको छ ? तिमीलाई धन सम्पत्ति किन चाहिएको छ ? यी प्रश्नहरु ती व्यक्तिलाई सोधनी गरिसके पछि उसको आखाँमा हेर्नुहोस् । उसको गहभरी आँशु झर्नेछन् अनि उ आफैले सोच्नेछ र भन्नेछ ‘म आफै गलत रहेछु’

त्यो पल उ रातभरी सुत्ने छैन रातभर उसले गरेका कु–कृत्य अनि आफुले गरेका अनैतिक कार्य तथा अरुलाई आफुले दिएका पीडा सम्झने छ । अनि उ आफैले आफ्नो छाती ठोकेर भन्ने छ ‘म गतल हुँ मैले खानाकै लागि प्रकृतिसँग टक्कर लिएको रैछु’ अनि उ पूर्ण रुपमा परिवर्तन हुनेछ । समाजमा परिवर्तन गर्नेछ । यो प्रकृतिको साझा फुलवारीलाई हराभरा बनाउने तर्फ लाग्ने छ ।

उसले परिवारलाई सम्झाउने छ । परिवारले पनि बुझ्ने छ । समाजलाई सम्झाउने छ । समाजले बुझ्नेछ । अनि पुरै संसार उज्यालो हुनेछ । उसलाई पुरा संसार जितेको महसुस हुनेछ । उ फेरी ‘जानु त त्यहीँ नै हो प्रकृति कै शरणमा मृत्युको सैया चढेर, त्यो बखत फेरी माटो र खरानी ले भन्नेछन्’

यो मानिस सुध्रीसकेको थियो । अहिले हामीले यसलाई लानु हुँदैन । अलि पर छेउबाट प्रकृति बोल्ने छ र भन्ने छ ‘कुनैपनि जीवको यस धर्तीमा जन्म र मृत्यु मेरो इच्छाले हुनेछ । यो मानिस संसार परिवर्तन गरेर आयो, म सँग संसार नै नदेखेका प्राणहरु छन् । उनीहरुलाई त्यहीँ मानिसद्वारा सजिएको फुलबारीमा पठाउनुपर्ने छ ।

आफ्नो जीवनकालको विचखण्डबाट परिवर्तन भएको मनुश्यले यति धेरै परिवर्तन गरेर देखायो अब यी साना मुनाहरुले यो मेरो फुलवारीलाई अझ सुन्दर र हराभरा बनाउनेछन् र फर्किने छन अनि उनिहरु मेरो सामु आई भन्नेछन हे ! प्रकृति देव हामी तपाईँ कै इच्छाले गएका हौँ । तपार्इँकै इच्छाले यहाँ आयौँ । अब हाम्रो पालो सकियो । त्यो सुन्दर बगैँचामा अरुलाई पनि अवलोकन गर्न नपठाएमा हामीले थप सुसोज्जित गरेको प्राकृतिक फुलबारी सधैँका निम्ती अँध्यारो हुँनेछ । हजुरको सपना सकार हुनेछैन ।’

अनि म झसंङ्ग विउझिए झैँ भयो सपना हो कि विपना पत्तै पाउन सकिन विहानी रातको ३ः३०भई सकेको रहेछ । एक गिलास पानी पिएँ आखिर सपनामा देखेको पात्र र अवस्था एकदम अहिलेको जल्दो बल्दो समस्या तथा परिवेशहरुसँग मिल्दा जुल्दा थिए । घडीको टिक–टिक आवाजले मेरो कानमा हानीरहेको थियो । सुनसान रात मनमा केही डर पनि लागेको थियो ।

कास मेरो जिन्दगी मेरो समाज मेरो देशमा यस खालको मनस्थिति सबै मानिसमा हुँदो हो त भनी मनमा विविध कुराहरु खेलीरहे । मेरो निन्द्रा पूर्ण रुपमा विग्री सकेको थियो घरी दाँया घरी बाँया फर्किादा फर्किँदै । मेरो त्यसपछिको १ घण्टाको समय पनि व्यतित भइसकेको थियो । बिहानको ४ः३० भयो । बाहीर हाइअ… हुइअ… गाडीको आवाज अनि भालेको डाको सुनिन्थ्यो निद्रा पटकै लागेन । पुनः एक गिलास पानी पिएँ मनमा खुल्दुली र अनेक कुराहरु खेलीरहेका थिए ।

आखिर मानिस केस्का लागि यति क्रृर, बलात्कारी, स्वार्थी एवम अपराधी हुन्छ होला ? उसले आफ्नो पेट पाल्ने गलत कार्य नै गरेर होला त ? अनेक कुराहरु मनमा चलिरहेका थिए । बिहानको ५ बज्यो आफ्नो दैनिकी तथा सम्पूर्ण क्रियाकलाप त छँदै थिए । त्यस पश्चात म आफ्नो दैनिकी तिर लागेँ ।

त्यो दिन सूर्यको उज्यालो मेरो भौतिक शरीरमा परेको÷नपरेको तथा सूर्यको न्यानो किरणले मेरो आङमा छोएको अनुभव समेत गर्न सकेको थिइन । कार्यालयमा काम गर्दा कतिपय ठाउँमा सप्नोछाँया र म बीच भए गरेका शब्दहरु राख्न भ्याउादो रैछु । ती शब्दहरु बडा बा (हाकिमले) हेरी शंसोधान गर्दै आज तपार्इँलाई के भएको छ ? भनेको सुन्नसाथ म त झसङ्गै झस्केँ त्यो पल म त साँच्चीकै सपनाको पनि सपनामा रैछु ।

दिनभरी प्रकृतिको अदृश्य सप्नोछाँयाले मसँग देखाएको पागलपन सम्झिरहेँ । अनि आफ्ना सबै कुरा बडाबा (हाकिम) लाईसम्म सुनाउन भ्याए । उहाँले भन्नुभयो ‘यो स्वार्थी दुनिँया यस्तै छ तपाईँ आफ्नो कर्म गर्नुहोस् सधैँ सफल हुनुहुनेछ ।’

‘कास यी मेरा सपनाका कुराहरु विपनामा लागू भए यो संसारमा कुनै पनि मानिसलाई बाध्ने शब्दरुपी कानूनी हरफहरुको आवश्यक हुने थिएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस