दशैँ ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दशैँ !


८ कार्तिक २०७७, शनिबार


चोक र गल्लीमा कति हल्ला हुन्थियो
सबै जान मिलेर कस्तो सल्लाह हुन्थियो
घर आँगनमा कस्तो भीड हुन्थियो
यसपालि त्यो खुसी कता तिर हुत्तियो

खुसी र बिस्मात के गर्नु यहाँ
जता गयो उतै छ मानिसको चिहान
दुःख र दर्दका सिमाना छैन।
फेरि पनि हामी राख्नु पर्छ आफ्नो सान

लागि सक्यो नभ दुर्गा आई सक्यो दशैँ
जता ततै शून्यता , छैन रमाइलो कतै
कस्तो आयो प्रकोप सबै खुसी लुट्यो
मानिसको मनमा बज्र बनी कुट्यो

बन्द कोठामा भेटघाट छैन
न जान सकिन्छ आशीर्वाद लिन
केरूँ आयो दसै भन्ने नरमाइलो लाग्छ
अब त यो दसै घर भित्र मनाउनु पर्छ।

आसा र इच्छा मनमा दबाउनु
अर्को पाली खुसी हुने मनसाय बनाउनु
हे दैव१किन यस्तो पासो हालिस्
मानिसलाई बाँधी आफू घुम्न थालिस्

मनका कथा मनमा राखी टिका जमरा लाउला
यसपालि यस्तै भो भनी मन शान्ति गरौँला
आ-आफ्नो ठाउँमा बसी यो दसै मनाऊ
लौ आयो दशैँ भनी घर भित्र रमाऊँ

तानसेन, पाल्पा
हाल-युएई

 

 

Tags :
प्रतिक्रिया दिनुहोस