उपत्यकामा २ हजार ७२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजारभन्दा बढी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २ हजार ७२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजारभन्दा बढी


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशका प्रयोगशालाहरुमा १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा उपत्यकामा २ हजार ७२० जनासहित देशभर ४ हजार ४९९ जना संक्रमित भेटिएका छन्।

उपत्यकामा शुक्रबार १ हजार ६२८ पुरुष र १ हजार ९२ महिलामा संक्रमण देखिएको हो।

देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेकोमा काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २४ हजार १३५ छ। जसमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै २० हजार १९६ सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा २ हजार ५७४ र भक्तपुर जिल्लामा १ हजार ३६५ सक्रिय संक्रमित छन्।

उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये १५ हजार ११४ जना होम आइसोलेसनमा छन्।

शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा  २ हजार ६६८ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

संक्रमणबाट थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ छ।

Tags :
प्रतिक्रिया दिनुहोस