२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा २ हजार ७२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजारभन्दा बढी

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशका प्रयोगशालाहरुमा १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा उपत्यकामा २ हजार ७२० जनासहित देशभर ४ हजार ४९९ जना संक्रमित भेटिएका छन्।

उपत्यकामा शुक्रबार १ हजार ६२८ पुरुष र १ हजार ९२ महिलामा संक्रमण देखिएको हो।

देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेकोमा काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २४ हजार १३५ छ। जसमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै २० हजार १९६ सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा २ हजार ५७४ र भक्तपुर जिल्लामा १ हजार ३६५ सक्रिय संक्रमित छन्।

उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये १५ हजार ११४ जना होम आइसोलेसनमा छन्।

शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा  २ हजार ६६८ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

संक्रमणबाट थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ छ।