शुक्रबारदेखि ५ दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्रबारदेखि ५ दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । भोलि (शुक्रबार) देखि पाँच दिन कोरोना भाइरस (कोभिड-१९) को प्रेस बिफ्रिङ नहुने भएको छ ।

गएको चैतको दोस्रो हप्तादेखि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि ७ गतेदेखि ११ गतेसम्म प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उनको भनाइ छ ।

दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना अपडेट गराइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस