२४ घण्टामा उपत्यकामा १५ सय ५२ जना नयाँ संक्रमित थपिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा उपत्यकामा १५ सय ५२ जना नयाँ संक्रमित थपिए


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा १२ सय ८३ , ललितपुरमा १ सय १२ र भक्तपुरमा १ सय ५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३६ सय ३७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

४४ हजार ८७७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस