आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
prasaLogo
६ कार्तिक २०७७, बिहीबार

आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : 22 October, 2020 4:34 pm

काठमाडौँ । नेपालमा बिहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार २ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।

१५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस