१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही रु एक लाखका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप रु एक/एक लाख जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका-१२ स्थित नेपाल-भारत सीमा क्षेत्रमा नियमित गस्तीमा रहेका प्रसनि विक र प्रज साउदको यही कात्तिक १ गते राति तस्करको समूहले हत्या गरेको थियो । कञ्चनपुरका प्रसनि विक र अछामका प्रज साउद धनगढी उपमहानगरपालिका-१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत थिए ।

मृतक प्रहरीको शव सीमा क्षेत्रको मोहना नदीमा फेला परेको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका-१० का सात जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस