पूर्व सञ्चारमन्त्री बास्कोटा दम्पतीलाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्व सञ्चारमन्त्री बास्कोटा दम्पतीलाई कोरोना संक्रमण


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । पूर्व सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद गोकुलप्रसाद बास्कोटा र उनकी श्रीमतीलाई कोरोनाभाइरस संक्रमण भएको छ।

बास्कोटाले  बिहीबार दिउँसो ट्वीट गर्दै आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण भएको बताएका छन्। तर १० दिन यता आफूले कसैलाई पनि नभेटेको पनि उनले लेखेका छन्।

उनले आफूलाई लक्षण नदेखिएको र श्रीमतीलाई भने लक्षण पनि देखिएको ट्वीटमा लेखेका छन्। दुई छोरालाई भने कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको उनले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस