आईपीएल : बेङ्ग्लोरद्वारा कोलकत्ता ८ विकेटले पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईपीएल : बेङ्ग्लोरद्वारा कोलकत्ता ८ विकेटले पराजित


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरद्वारा कोलकत्ता ८ विकेटले पराजित भएको छ ।

यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लोरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्तालाई हराएसँगै बेङ्ग्लोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौथो स्थानमा छ ।

बेङ्ग्लोरका देवदूत पड्डीकलले २५ रन, आरोन फिन्चले १६ रन, गुर्किरात सिंहले २१ रन, कप्तान विराट कोहलीले १८ रनबनाए । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन, कुलदिप यादवले १२ रन, टम बानटनले १० रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस