विमान कम्पनी क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० कर्मचारी कटौती « प्रशासन
prasaLogo
६ कार्तिक २०७७, बिहीबार

विमान कम्पनी क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० कर्मचारी कटौती


प्रकाशित मिति : 22 October, 2020 7:02 am

हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० कर्मचारी कटौती गर्न लागिएको जनाएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो ।

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस