बुटवल कोरोना अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बुटवल कोरोना अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु


५ कार्तिक २०७७, बुधबार


बुटवल । रुपन्देहीस्थित बुटवल कोरोना अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनमो बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए ।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए । दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस