दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई विधेयक प्रमाणीकरण


४ कार्तिक २०७७, मंगलबार


धनुषा । प्रदेश २ प्रदेशसभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख तिलक परियारले आज प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले आज प्रदेश अनुसन्धान व्यूरो विधेयक २०७७ र प्रदेश दुग्ध विकास वोर्डको स्थापना एवं व्यवस्थापन गर्न बनेको विधेयक २०७७ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सरकारले निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बजारीकरण मार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्डको स्थापना गरिएको बताइएको छ ।

दुग्ध बोर्डको मुख्य काम, कर्तव्य भनेको स्थानीय सरकारसँगको सहकार्यमा ग्रामीण क्षेत्रमा उत्पादित दुग्धजन्य पदार्थ शहरी क्षेत्रमा पु¥याउन सहज वातावरण सृजना गर्नु रहेको छ।

त्यसैगरी प्रदेश भित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित तथा विकास, औद्योगीकरण, व्यापार व्यवस्था प्रवद्र्धन गर्नको लागि सो सम्बन्धी सूचना सङ्कलन गरी प्रशोधन समेत गर्ने हेतुले प्रदेश अनुसन्धान ब्यूरो सम्बन्धी ऐन ल्याइएको हो । ब्यूरोको मुख्य काम प्रदेश भित्र घटेका वा घट्नसक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्क्कलन गर्ने, गराउने भनी उल्लेख गरिएको छ। ब्यूरोले प्रदेश मन्त्रिपरिषद्ले कुनै खास विषयमा अनुसन्धान गर्ने आदेश दिएमा सो विषयमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने, प्रदेश मन्त्रिपरिषद्ले तोकिदिएका अन्य काम गर्ने गराउने ऐनमा उल्लेख गरिएको छ ।

प्रदेशसभाको चौथो अधिवेशन आजबाट अन्त्य
प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन आज मध्यरातिबाट अन्त्य हुने भएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आज मध्यराति १२ बजदेखि चौथो अधिवेशनको अन्त्य हुने उल्लेख गरेको छ ।

चौथो अधिवेशनमा ३७ पटक वैठक बसेको संसद सचिवालयले जनाएको छ । प्रदेश २ का प्रदेश प्रमुख तिलक परिवारले आज मध्यराति १२ बजेदेखि प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाउनु भएको छ । प्रदेश सभाको पाँचौ अधिवेशनको मिति प्रदेश प्रमुखबाट निर्देशन आए बमोजिम तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस