सरकारले कोरोना संक्रमितलाई आफैँ उपचार गर भन्नु विल्कुल अनुचित निर्णय : नेता नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले कोरोना संक्रमितलाई आफैँ उपचार गर भन्नु विल्कुल अनुचित निर्णय : नेता नेपाल


४ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमितलाई आफैँ उपचार गर्न भन्नु विलकुल अनुचित निर्णय रहेको उल्लेख गरेका छन्‌

एक विज्ञप्ति जारी गर्दै नेता नेपालले संकटका बेला राज्य सबै नागरिकको अभिभावक बन्नुपर्नेमा अनुचित निर्णय गरेको धारणा राखेका हुन्‌।

​सरकारले कात्तिक २ गतेपछि देशभरका अस्पतालमा भर्ना भएका संक्रमितसँग शुल्क लिन निर्देशन दिएपछि नेता नेपालले आपत्ति जनाएका हुन्‌।

नेपालले विज्ञप्तिमा लेखेका छन्‌, ‘मुलुक कोभिड(१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरूको संख्या दिनदिनै बढिरहेका बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्न निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् । संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विलकुल अनुचित छ।’

संक्रामक रोगसम्बन्धी विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएको भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आमनागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग नेपालले जोडदार माग गरेका छन्‌।

Tags :
प्रतिक्रिया दिनुहोस