दाङमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दाङमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु


४ कार्तिक २०७७, मंगलबार


दाङ । दाङमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।

लमही नगरपालिका-५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिए।

असोज १ गते कोरोना परीक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि श्रीमान-श्रीमती होम आइसोलेसनमा बस्दै आएका थिए ।

उनी जन्डिसको बिरामी भएको बुझिएको पौडेलले जानकारी दिएका छन् । उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस