मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्ता समेत तोकिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस