मोरङमा सोमबारदेखि दसैं लक्षित निषेधाज्ञा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मोरङमा सोमबारदेखि दसैं लक्षित निषेधाज्ञा


२ कार्तिक २०७७, आइतबार


काठमाडौं । मोरङमा सोमबारदेखि लागू हुने गरी दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर कात्तिक १५ गते राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

जिल्लाभरका मठ, मन्दिर, शक्तिपीठ, मस्जि, गुम्बा, चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा भेला भएर पूजा नगर्न, सामूहिक रूपमा भजन–कीर्तन, रथयात्रा, कलश यात्रा नगर्न, बली पूजा एवं मूर्ति विसर्जन रोक लगाउने निर्णय भएको उनले बताए ।

यस्तै गरी सामूहिक रुपमा आयोजना गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा, सम्मेलन जस्ता कार्यक्रम समेत गर्न प्रशासनले रोक लगाएको छ । राजमार्गमाबाहेक राति ८ बजेदेखि ५ बजेसम्म आवजजावत गर्न समेत प्रशासनले रोक लगाएको छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस