१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरो पीडितलाई बेलायतबाट २५ लाख सहयोग

अ+ अ-

काठमाडौं । लमजुङ समाज युकेद्वारा बाढीपहिरो पीडितलाई रु २५ लाख ९० र पैसा ३० आर्थिक सहयोग गरेको छ ।

गत गत साउन ७ र ८ गते मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिरोले घरबारविहीन बाढीपहिरो पीडितलाई सो समाजले आज सहयोग गरेको हो ।

समाजका प्रतिनिधि मीनजङ्ग गुरुङ र मुछेत्र गुरुङले संयुक्त रुपमा वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई सो बराबरको चेक हस्तान्तरण गरे।

समाजका अध्यक्ष विश्वजङ्ग गुरुङ र राहत सङ्कलन संयोजक देवबहादुर घलेको पहलमा लमजुङ घर भई बेलायतमा बसोबास गर्दै आएका नेपालीबाट सङ्कलित रकम बाढीपहिराका लागि सहयोग गरिएको सो समितिका प्रतिनिधि मीनजङ्गले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य जमीन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विकलगायतले बाढीपहिरो पीडितका लागि व्यवस्थापन गर्न केही समय लाग्न सक्ने भएकाले धैर्यका साथ बस्न आग्रह गरे ।

वडाध्यक्ष बस्नेतका अनुसार विभिन्न स्थानबाट सहयोग रकम आउने क्रम जारी हरेको र हालसम्म विपद् व्यवस्थापन राहत कोषमा एक करोड २३ लाख ८२ हजार ३० रुपैयाँ र पैसा ३० सहयोग प्राप्त भएको छ ।

त्यस्तै लत्ताकपडा, भाँडाकुडा, विभिन्न सामग्री गरी करीब रु ६० लाख बराबरको सहयोग प्राप्त भएको उनको भनाइ छ । स बाढीपहिरोले २१ घर पूर्ण ध्वस्त बनाएको थियो भने ३२ आधा जस्तै भत्किएको र २९ उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस