शाखा अधिकृत ब्याट-३१ द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पौने तीन लाख सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शाखा अधिकृत ब्याट-३१ द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पौने तीन लाख सहयोग


२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । नेपाल सरकारका शाखा अधिकृतहरूको समूह ब्याच २०७३ ले कार्तिक २ गते परेको चौथो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । नियुक्ति भएको चौथो वार्षिकोत्सवको अवसरमा ब्याट-३१ समूहले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७८ हजार तीन सय २१ रुपैयाँ सहयोग गरेको हो ।

कोभिड-१९ महामारीको समयमा स्वास्थ्य उपकरण तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्रीहरू बनाई महामारीविरुद्ध जुध्न सहयोग गरेको र आविष्कार केन्द्रमा सृजनात्मकता प्रवर्द्धनका लागि गरेको कार्यको प्रशंसा गर्दै समूहले सहयोग गरेको हो ।

कोभिड-१९ प्रकोपका कारण अरू कार्यक्रम गर्न सम्भव नभएकाले विद्युतीय माध्यमबाट ब्याट समूहभित्रै स्वैच्छिक रूपमा रकम सङ्कलन गरिएको र प्रतिनिधिमूलक छरितो समूह बनाई सहयोग हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा शाखा अधिकृतहरू भिमकुमार बस्नेत, होमनाथ काफ्ले, विष्णु हरी रेग्मी, सुमन अधिकारी र गोविन्द पौडेलले प्रतिनिधित्व गरेका थिए ।

सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने प्रविधि र उपकरण समेत राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गर्ने विश्वास ब्याट ३१ समूहले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस