अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ


प्रशासन संवाददाता

२ कार्तिक २०७७, आइतबार


बाँके । नेपालगंज उपमहानगरपालिका-१६ वडा कार्यालय नजिक चोकबाट करिब १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २१ वर्षीया निसा खानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस