२९४२ जनामा कोरोना भाइरस संक्रमण, २३२६ जना डिस्चार्ज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२९४२ जनामा कोरोना भाइरस संक्रमण, २३२६ जना डिस्चार्ज


२ कार्तिक २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आइतबार २३ सय २६ जना डिस्चार्ज भएका छन्।  योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव ७ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस