भक्तपुरको प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

भक्तपुरको प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले असोज २ गतेदेखि अत्यावश्यकबाहेकका अन्य सेवा नदिने भएको छ ।

कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाईसम्बन्धी र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा बन्द गरिएको जानकारी दिएको छ ।

प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गर्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सेवा बन्द गरिएको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस