आइपिएल : पञ्जाबको दोस्रो जित, बेंगलोर ८ विकेटले पराजित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइपिएल : पञ्जाबको दोस्रो जित, बेंगलोर ८ विकेटले पराजित


एजेन्सी

३० आश्विन २०७७, शुक्रबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा किंग्स इलेभेन पन्जाबले  दोस्रो जित निकालेको छ।

बिहिबार राति सम्पन्न खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। पन्जाबको जितमा कप्तान लोकेश राहुल ६१ रनमा अविजित रहे।

जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५३ रन बनाए । बेंगलोरका युजभेन्द्र चहलले १ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो।

जसमा विराट कोहलीले सर्वाधिक ४८ रन बनाए। पन्जाबका मिुरुगन आश्विनले मोहम्मद शामीले २र२ विकेट लिए।

जिते पनि किंग्स इलेभेन पन्जाब अंकतालिकाको अन्तिममै रहेको छ। पन्जाबको ८ खेलमा ६ मा हार र २ मा जित सहित ४ अंक रहेको छ। बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्र्तगत शुक्रवार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस