गैरनाफामूलक यातायात कम्पनीको रुट परमिट खारेज गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैरनाफामूलक यातायात कम्पनीको रुट परमिट खारेज गरिने


२९ आश्विन २०७७, बिहिबार


काठमाडौं । सरकारले गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने भएको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस