किरियापुत्री बसेको घरमा भएको थियो ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

किरियापुत्री बसेको घरमा भएको थियो ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको बताइएको छ । विस्फोटबाट ११ जना घाइते भएका छन् ।

उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस