ताप्लेजुङका सिडिओलाई कोरोना सङ्क्रमण, प्रशासन कार्यालय ७ दिनलाई सिल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ताप्लेजुङका सिडिओलाई कोरोना सङ्क्रमण, प्रशासन कार्यालय ७ दिनलाई सिल


प्रशासन संवाददाता

२९ आश्विन २०७७, बिहिबार


ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ ।

ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटन मन्त्री योगेशकुमार भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाँइलाई समेत सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्री भट्टराई आफैँ सङ्क्रमित भएर अहिले आइसोलेसनमा बसेका छन् । बिपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट हल्का ज्वरो आएपछि प्रजिअ चापागाईँको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

स्वाब सङ्कलन पछि प्रजिअ चापागाँइ प्रशासन कार्यालयकै आवास कक्षको क्वारेनटिनमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस