२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी कोइराला प्रतिष्ठानमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु

अ+ अ-

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप पाँच जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशीष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाकी एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानमा उपचारको क्रममा संक्रमितको मृत्यु संख्या ५८ पुगेको छ । सहप्रवक्ता डा. श्रेष्ठले तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती व्यक्तिमा अशोज १० गते संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि सँगै उनलाई अशोज ११ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया बृद्धाको बिहीबार बिहान १२ बजेर ५ मिनेटमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचापकी बिरामी बृद्धामा अशोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन थप उपचारका लागि प्रतिष्ठानको आकश्मिक कक्षमा उनलाई भर्ना गरिएको डा. श्रेष्ठले जानकारी दिए । बृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको हो ।

यस्तै धरान उपमहानगरपालिका ९ का दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा अशोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड १९ अस्पतालमा उपचारका क्रममा बुधबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

ती व्यक्ति २८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । धरान ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अशोज २७ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस