बहराइनका राजकुमारको टोलीद्वारा मनास्लुको सफल आरोहण

काठमाडौँ । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।
राजकुमार खलिफासहितको टोली बिहीबार बिहान ६ बजे मनास्लु हिमालको सफल आरोहण गर्न सफल भएको हो ।
सेभेन सम्मिट ट्रेक्स प्रालिका अनुसार राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए। उनीहरु गत असोज २० गते मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए।
यसअघि गत असोज १९ मा उक्त टोलीले सोलुखुम्बुको लुबुचेको सफल आरोहण गरेको थियो ।