ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न बाबुरामको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न बाबुरामको माग


प्रशासन संवाददाता

२८ आश्विन २०७७, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन्।

बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बो घुस लिएको आरोप लगाएका बाबुरामले बुधबार यस्तो प्रस्ताव गरेका हुन्।

बुधबार यो आरोपको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् आपत्ति जनाएपछि उनले अधिकार सम्पन्न लोकपाल गठनको माग गरेका हुन्। उनले त्यसका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

बाबुरामले बुढीगण्डकी आयोजनाको विषयमा आफ्नो अभिव्यक्तिको खण्डन गरेको भन्दै प्रवक्ता श्रेष्ठलाई उनको नाम नलेखी सत्ताको तुजुक नदेखाउन सुझाव पनि दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस