सङ्घीय सांसद पहाडीको निधन, प्रधानमन्त्री ओलीद्धारा श्रद्धाञ्जलि व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्घीय सांसद पहाडीको निधन, प्रधानमन्त्री ओलीद्धारा श्रद्धाञ्जलि व्यक्त


२८ आश्विन २०७७, बुधबार


इलाम । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ ।

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकि थिइन् ।

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकि पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।

उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस