भारतीय सेनाध्यक्ष नरभाने नेपाल भ्रमणमा आउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय सेनाध्यक्ष नरभाने नेपाल भ्रमणमा आउँदै


प्रशासन संवाददाता

२८ आश्विन २०७७, बुधबार


काठमाडौं । भारतिय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतले नेपालको भुमि समेटेर नयां नक्सा जारी गरेसंगै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेयता दुवै देशबीच सम्बन्ध बिग्रिएको छ ।

त्यसयता दुवै देशबीच उच्च तहका भ्रमण हुन नसकिरहेको बेला भारतका २८ औं सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् ।

उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

तीन दिने नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम छ । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासंग समेत उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम समेत रहेको सैनिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस