कोरोना संक्रमणबाट बुटवलमा थप एकजना पुरुषको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट बुटवलमा थप एकजना पुरुषको मृत्यु


प्रशासन संवाददाता

२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । कोरोना संक्रमणका कारण बुटवलमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।

अस्पतालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस