क्यानको साधारणसभा स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्यानको साधारणसभा स्थगित


प्रशासन संवाददाता

२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरू कोरोना सङ्क्रमित भए पछि संघको साधारण सभा स्थगित गरिएको छ ।

असोज २८ र २९ गतेका लागि तय गरिएको साधारणसभा पदाधिकारी र सदस्यहरू आइसोलेसनमा बस्नु परेपछि संघले स्थगित गर्ने निर्णय गरेको हो ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै साधारण सभा स्थगित गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘संघका केही पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यहरू कोभिड–१९ संक्रमित भई आइसोलेसनमा बस्नु परेको हुनाले हाललाई उक्त साधारणसभा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

गत असोज ६ गते चितवनको सौराहमा बसेको बोर्ड बैठकले वार्षिक साधारणसभा असोज २८ र २९ गते गर्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस