काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २८३ जना कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।







