आईपीएलमा सट्टाबाजी गर्ने ७ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आईपीएलमा सट्टाबाजी गर्ने ७ जना पक्राउ


२६ आश्विन २०७७, सोमबार


काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खेलमा सट्टाबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका९१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं महानगर९१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिल कुमार बमसल रहेका छन् ।

आईपीएल क्रिकेटमा खेलमा सट्टाबाजी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले कालीमाटीबाट कुलदीप शारणलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

कुलदीपकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुलदीप कमलपोखरीस्थित होटल कोनार्क ईनको कोठा नं. १०५ मा बस्ने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र १ लाख ८५ हजार १२० नेरु बरामद भएको छ ।

पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस