काठमाडौँ । बुटवलको कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह-१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
थापाका अनुसार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराउँदा असोज २० गते कोरोना पोजिटिभ आएको थियो ।
उनलाई आइतबार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । ती व्यक्तिमा दम, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।