छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला


२५ आश्विन २०७७, आइतबार


सलार्ही । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो ।

छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो । बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताए । अदालतले जन्मकैदको फैसलासहित रु ५० हजार जरिवाना तोकेको छ ।

आरोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक बलात्कार गरेको अदालतमा बयान दिएको जनाइएको छ ।

हाडनाता करणी गरेका उनको नेपालभर कतै पनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट रु ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस