सरकारद्वारा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदाधिकारी नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारद्वारा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदाधिकारी नियुक्त


२५ आश्विन २०७७, आइतबार


काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्ठप्रसाद रिजाललाई मनोनीत गरेको बताए ।

सरकारले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा. बाबु राजा अमात्य र राष्ट्रिय आयुर्वेद तथा तालिम विकास समितिको अध्यक्षमा प्रा.डा. देवबहादुर रोका क्षेत्रीलाई मनोनीत गरेको छ ।

त्यस्तै सरकारले औषधि परामर्श परिषद्का सदस्यमा प्रा.डा. संगरत्न बज्राचार्य, बाबुराम हुमागाईँ र दीपकप्रसाद दाहाललाई नियुक्त गरेको छ। उक्त बैठकले वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गर्ने गरेको थियो।

त्यस्तै लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा सानु राजा शाक्यलाई नियुक्त गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस