२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप

अ+ अ-

वीरगञ्ज । लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ ।

जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने किसान विजय पण्डितले बताए ।

बारा जिल्ला, गडहल गाउँमा २२ कठ्ठा जग्गामा धान खेती गर्दै आएका किसान पण्डितले कीराको प्रकोपका कारण धान सुकेर पहेँलो देखिएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ताले सताएको बताए ।

पर्सा जिल्लाका किसानले भारतीय तथा सिफारिस गरिएको धान लगाएका कारण कीराको बढी प्रकोप भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताए । रोगका कारण धान फले पनि दाना नलागेको, पात पहेँलो देखिएको जस्ता लक्षणको कारण यस पालि यस्तो समस्या आएको र रोग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

रोग र कीराको प्रकोपका कारण धानको बालामा दाना नलाग्ने, बोट कुहिने र पात पहेँलो भएर सुक्ने समस्या देखिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन् ।

यसैबीच धानखेतीलाई अत्यावश्यक युरिया मलको तीन महिनादेखि अभाव देखिएपनि कात्तिक मसान्तभित्र आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । सरकारी स्वामित्वमा रहेको सो कम्पनीले बङ्गलादेशबाट सापटीमा नेपाल सरकारले ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया ढुवानीका लागि बोलपत्र स्वीकृति भइसकेकाले कात्तिकभित्र आइपुग्ने प्रादेशिक कार्यालय प्रबन्धक गोरखनाथ केसीले बताए ।

उनले बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार आउने छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि युरिया मलको अभावको कारण धान खेतीमा रोग कीरा लाग्न थालेको किसानको भनाइ छ । सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असारसम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभाव हुन गएको हो । सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, वाग्मती र गण्डकीका १६ कार्यालयमा पठाउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६ । ०७७ मा युरिया छ हजार टन, डिएपी छ हजार टन र पोटास ७०० टन बिक्री गरेको छ ।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ्ग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरियाको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र आह्वान गरिसकेको छ ।

समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने धानखेती मात्र नभएर मकै, मसुरोलगायत बर्खेबाली खेती प्रभावित हुने गरेको किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस