काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् ।