कर्मचारीमा कोरोना संक्रमण देखिएपछि युनिलिभर नेपाल बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि युनिलिभर नेपाल बन्द


२३ आश्विन २०७७, शुक्रबार


वाग्मती । कोरोना भाइरस संक्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ ।

ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनाको यही असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस