२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुइँमै सुत्छन् तनहुँका कैदीबन्दी

अ+ अ-

तनहुँ । तनहुँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् ।

नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुत्न बाध्य छन् । क्षमताभन्दा धेरै हुँदा उनीहरु कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो । खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ । “रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्”, कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने ।

कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएको पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् । सुत्नका लागि गर्मी महिनामा म्याट ओच्छाएर काम चलाइएको भए पनि अब जाडो महिना शुरु हुन लागेको चिसोले बिरामीमा परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठ बताउछन् । श्रेष्ठले काठ सहयोग पाए कारागारभित्रै रहेका कैदीबन्दीले खाट निर्माण गर्ने बताउछन् ।

कैदीबन्दीको सङ्ख्या उच्च हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नवनिर्मित महिला बन्दीगृहमा पुरुष राखिएको हो । महिला कैदीबन्दीलाई पोखरालगायत अन्यत्र लानुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसरभित्र महिला बन्दीगृह निर्माण गरिएको थियो ।

पच्चीस जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी छन् । पुरानो कारागार भवनलाई ब्लक ए र नयाँ भवनलाई ब्लक बी गरी नामाकरण गरिएको उनले बताए । पुरानो भवनमा १०७ र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीनवटा भवन रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

कारागार व्यवस्थापन विभागले हाललाई पुरुष राख्नु भन्ने नीतिगत निर्णय गरेकोले महिला बन्दीगृहमा पुरुष राख्न थालिएको निमित्त प्रमुख अधिकारीले बताए । गत साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो । उक्त भवन निर्माणपश्चात ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको रहेको छ ।

जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई हाल तनहुँ प्रहरीले धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार पठाउन थालेपछि कैदीबन्दीको उच्च सङ्ख्या पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखका रूपमा असार ८ गते प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल आउनु भएपछि धमाधमा फरार अभियुक्त पक्राउ पर्न थालेपछि सङ्ख्या बढ्न पुगेको छ । हालसम्म प्रहरीले फरार १७१ अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष पेश गरिसकेको छ ।