कर्मचारी सञ्चय कोषको काठमाडौँ उपत्यकास्थित कार्यालय आज बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी सञ्चय कोषको काठमाडौँ उपत्यकास्थित कार्यालय आज बन्द


प्रशासन संवाददाता

२३ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । कर्मचारी सञ्चय कोषको काठमाडौँ उपत्यकास्थित कार्यालय आज बन्द हुने भएको छ।

कोषको उपत्यकास्थित कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कार्यालय बन्द गरिने कोषले निकालेको सूचनामा उल्लेख छ।

कोषले निकालेको सूचनामा भनिएको छ । कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज (असोज २३ गते) कोषको उपत्यकास्थित कार्यालयहरू बन्द हुने छ ।

कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा यथावत रहने कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरले उल्लेख गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस